• २०८३ भाद्र २२ गते सोमवार

दाङ प्रहरीको तथ्यांक : लागु’औषधको सेवन कारोवारको दाङ नै ट्राञ्जिट पोइन्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

असार १२, दाङ । ला’गुऔषधको दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्र्तराष्ट्रिय दिवसको अबसरमा घोराहीमा एक कार्यक्रम सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी प्रमुख चन्दले कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा पत्रकारहरु सामाजिक अभियानकर्ता साजिदा सिद्धिकी लगाएतले आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सहायक प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसीले गर्नुभएको थियो ।

दाङमा ला’गुऔषध उत्पादन सेवन र कारोबारको लागि दाङ क्षेत्र ट्राञ्जिट पोइन्ट बन्ने गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकले दाङ जिल्लामा ला’गुऔषधको उत्पादन, सेवन र कारोवार प्रसस्त मात्रामा हुने गरेको बताउछ ।

भारतसँग करिव ८३ किलोमिटरको भुगोल जोडिएको दाङमा रोल्पा, रुकुम, सल्यान र प्युठानमा प्राकृतिक रुपमा उत्पादन हुने गाँ’जा र त्यसबाट निर्माण भएका ला’गुऔषधहरु भित्रिने गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दका अनुसार विशेष गरी गाँ’जा, च’रेस, अफि’म, ब्रा’उन सुगर, डाई’जेपाम र को’रेक्स खाने र ईन्जेक्सनद्धारा ला’गुऔषध लिने गरेको पाईन्छ । कार्यालयले उपलब्ध गराएको तथ्यांकमा वितेको तीन वटा आर्थिक वर्षमा एक सय ३८ जना पक्राउ परेका छन् । उनीहरुबाट ३६५ दशमलभ ४६८ ग्राम ब्रा’उन सुगर, ६८ केजि चरेस, १० केजी अ’फिम, करिव ८ केजी गाँ’जा समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख चन्दले बताउनुभयो ।

दाङका विभिन्न कारागारमा रहेका ७ सय ८ जना कैदी बन्दीहरु मध्य १८ प्रतिशत अर्थात १ सय १९ जना ला’गुऔषध सम्बन्धी रहेका छन् । २० देखि २४ वर्ष उमेर समूहका युवाहरु सबै भन्दा बढि ला’गुऔषधको सेवन तथा कारोबारमा सम्लग्न हुने गरेको पाईएको छ । यस्तै २५ देखि २९ वर्ष र १५ देखि १९ वर्ष उमेर समूहका युवाहरु पनि ला’गुऔषधमा प्रत्यक्ष सम्लग्न हुने गरेको तथ्यांकले बताएको छ ।

साथीहरुको लहलहैमा रालेर, नयाँ बस्तु जान्ने, प्रयोग गर्ने उत्सुकताको कारण, आमाबाबुले छोडेको, सन्तानलाई धेरै समय दिन नसक्नु, लगातार असफल हुनु, सोँचे जस्तो नहुनु, गरिवी, अशिक्षा, बसाइसराई र इन्टरनेटको दुरुपयोग, स्वतन्त्र जीवनयापन गर्न चाहने स्वभावका कारण पनि लागुऔषधमा फस्ने गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १, २ को जंगल आसपास, वडा नंं ५ को धर्ना, बसन्तापुर आसपासको जंगल, तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर, देउखुरी गढवा गाउँपालिका वडा नं. ५ को दोलाई खोला, ढोडेनी खोला आसपास र शान्तिनगर गाउँपालिका वडा नं. ४ को जुम्लेखोलाको क्षेत्रमा गाँ’जा उत्पादनको हुने गरेको छ ।

लागु औषध कारोबारको रुपमा घोराही ५ धर्ना, बसन्तापुर, भैसापत्रको जंगल, वडा नं. १३ को बडहरा, बगाले, १४ को बसपार्क, १८ को फर्सेखाली र गिठेपानीलाई प्रहरीले टार्गेट गरेको छ । यस्तै तुलसीपुरको ५ बसपार्क, रानीजरुवा, वडा नंं ८ को दोघरे, १३ को शितलपुर र लमही नगरपालिकाको बसपार्क पनि ला’गुऔषधको कारोबार हुने क्षेत्र हुन ।

साथै प्रहरीले लागुऔषधको सेवन गर्ने सम्भावित क्षेत्र तोकेको छ । घोराही उपमहानगरपालिका १३ बडहरा, बगाले, १४ को बसपार्क, १८ को फर्सेखाली, गिठेपानी, तुलसीपुर उपष्महानगरपालिका वडा नं ५ को बसपार्क, रानीजरुवा, ८ को दोघरे, १३ को शितलपुर, लमही नगरपालिकाको बसपार्क आसपास र भालुवाङ क्षेत्रको सिसहनीया बजार क्षेत्रलाई ला’गुऔषध सेवन हुने स्थानको रुपमा हेरिएको छ ।

ला’गुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय दाङले कार्य योजना निर्माण गरेर काम गर्ने गरेको छ । बेशाख, जेठ, असार र साउन महिनामा गाँ’जा खेति बारे सुचना संकलन, गाँजा खेतीको विउविजन गर्ने स्थानको पहिचान तथा ला’गु औषध सम्बन्धी गतिविधिमा निगरानी गर्ने गरेको छ । दोस्रो चौमासिकको भदौ, असोज कार्तिक र मंसिर महिनामा गाँ’जा खेतिको फडानी गर्ने र पुस, माघ फागुन र चैत्रमा विक्रि वितरण तथा ओसारपसार नियन्त्रण गर्न प्रहरी परिचालन तथा चोकजाँचमा कडाई गर्ने गरेको छ ।

अहिले युवाहरु ला’गुऔषधको प्रत्यक्ष जोखिममा रहेका कारण अभिभावक शिक्षा महत्वपुर्ण रहेको नयाँ पाईला पुर्नस्थापना केन्द्रका कार्यक्रम संयोजक हरिष बस्नेतले बताउनुभयो । जानेर नजानेर ला’गुऔषधमा फस्ने गरेको र उनीहरु पुर्नस्थापना केन्द्रबाट सुधार भएर समाजमा फर्किने गरेको पनि उहाँले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस