असार १२, काठमाडौं । उपत्यकामा आज बिभिन्न कार्यक्रमहरु हेनेछन । आज हुने कार्यक्रमहरू यस प्रकार छन ।
१.नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान : प्रधानमन्त्री निवास,बालुवाटार ।
समय ११:०० बजे ।
२.संघीय संसद,प्रतिनिधि सभा,महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थान समितिको सभाकक्ष,सिंहदरबार ।
समय ११:०० बजे ।
३. संघीय संसद,प्रतिनिधि सभा,विकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान: समितिको सभाकक्ष,सिंहदरबार ।
समय :१२:०० बजे ।
४. स्वतन्त्र नागरिक समाजले एमसीसी सम्झौता खारेजी र तत्काल भारतीय सेना नेपाली भुमि कालापानी बाट हटाउन दबाब दिन मौन विरोध सभा कार्यक्रम गर्ने ।
स्थान: माइतीघर मण्डला ।
समय : १३:०० बजे ।
५. राष्ट्रवादी नागरिक समाज नेपालले राजतन्त्र पुनर्वहालिका लागि,रुकुम हत्याकाण्डमा पिडितलाई न्यायका लागि र एमसीसी सम्झौताको विरोधमा नागरिक सभा कार्यक्रम गर्ने ।
स्थान: शान्तिवाटिका,रत्नपार्क ।
समय: १३:०० बजे ।
६.संयुक्त राजनितिक दलित संघर्ष समिति काठमाडौ र दलित नागरिक समाजले रुकुम पश्चिम सोति नरसंहार लगायत देशभरिका जातीय हत्या एवं विभेद विरुद्ध सडक बहस कार्यक्रम गर्ने ।
स्थान : नयाँ बानेश्वर ।
समय: १४:०० बजे ।
७.नागरिक आवाजले एमसीसी सम्झौता खारेजको लागि राष्ट्रिय स्वाधीनता सह(अस्तित्व तथा सुशासनका लागि ५ गते मध्यपुर थिमि नगदेशबाट शुरु भएको आठ दिने उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्राको अन्तिम दिन बिरोध कार्यक्रम गर्ने ।
स्थान : बसन्तपुर डबली ।
समय : १३:०० बजे ।
८.स्वनाम साथीको संयोजकत्वमा गठन भएको एमसीसीविरुद्ध संयुक्त संघर्ष समितिले २०७७/०३/०८ देखि हाललाई ३र१६ गते सम्म साँझ २०स्०० बजे १० मिनेट बत्ती निभाएर ( ब्याल्क आउट गरेर) एमसीसी को विरोध जनाउने ।
९.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान : देशभर ।
समय : नखुलेको ।