जेठ १३, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै संक्रमितको कुल संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ ।
कोरोना पोजेटीभ देिखएकाेमा महोत्तरीका २ जना, जुम्ला स्थायी ठेगाना भइ बारामा कार्यरत २ जना, बाराकै ३ जना, रौतहटका २१ जना, सिरहाका ५ जना, धनुषाका १ जना, बाँकेका ७ जना, कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जनामा संक्रमण देखिएको छ । यस्तै अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण पोजेटिभ देखिएको हो । पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जनामा पोजेटिभ देखिएको छ । सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । उनका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको सम्पर्कमा रहेका छन् । साथै कोरोना निको भएकाहरुको संख्या १५५ रहेको छ ।