• २०८३ असार १० गते बुधवार

प्रहरी महानिरीक्षकबाट ईलाका प्रहरी कार्यालय छिन्छु सुर्खेतको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

सार १९, सुर्खेत । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ईलाका प्रहरी कार्यालय छिन्छु सुर्खेतको नवनिर्मित कार्यालय भवन, आवास भवन र भान्छाघरको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी कर्मचारीहरुले नवनिर्मित भवनलाई आफ्नै हो भने महसुस गरी आवश्यक मर्मत सम्भारका साथ उचित उपयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।

No description available.

भवन अहिले बनेपनि प्रहरी कर्मचारीहरु आउने जाने क्रम जारी रहने हुनाले नवनिर्मित भवन नगरपालिका र स्थानीयबासीहरुकै सम्पत्ति भएकोले भवनको जगेर्ना गर्न नागरिक समाजलाई अनुरोध समेत गर्नुभयो । कोरोना भाइरसको कारणबाट उत्पन्न विषम परिस्थितिमा अग्रपंक्तिमा काम गर्ने प्रहरी कर्मचारीहरुले अझै हौसलाको साथ अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक ज्ञवालीले लकडाउनको समयमा हुने गरेका महिला बालबालिका विरुद्ध हुने अपराध नियन्त्रणका लागि नेपाल प्रहरी गम्भीर भएर लागिरहेको बताउनुभयो । समाजमा हुने अपराध नियन्त्रणका लागि सरोकारवाला निकायहरुले समेत आफ्नो जिम्मेवारी महसुस गरी आ-आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

No description available.

कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार पन्तले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मी र भेरी गंगा नगरपालिकाका नगर प्रमुख भुपेन्द्र बहादुर चन्दले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

No description available.

युएनओपिएसको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको उक्त नवनिर्मित भवनहरु २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भएको ईलाका प्रहरी कार्यालय छिन्छुले जनाएको छ ।  कार्यक्रममा भेरी गंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य दकाल, युएनओपिएस निर्देशक ईन्द्र न्यौपाने, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, संचारकर्मीको समेत उपस्थिति रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस