जेठ १३, रोल्पा । थबाङ गाउँपालिका वडा नं २ ले भारतबाट आएका ७ जनालाई क्वारेन्टाइनमा राखेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को कारण नेपाल र छिमेकी देशहरुमा लकडाउन छ । मजदुर गर्न देश विदेश गएका लाखौ नेपाली घर फर्किरहेका छन् ।

त्यस्तै भारतमा अलपत्र परेपछि मजदुरी गर्नको भारतको रामपुर गएका थबाङ गा.पा वडा नं २ स्थार्यी बासोवास गर्ने २ जना पुरुष र ५ महिला हिजो राती १२ बजे तिर वडा नं २ छेर्लोबाङमा आइपुगेका हुन ।
भारतबाट आएका उनीहरुलाई थबाङ गा.पा वडा नं २ छेर्लोबाङ रहेको बराहक्षेत्र प्राथामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको वडा नं २ का वडा अध्यक्ष बसन्त रोका मगरले बताए । जेठ १० गते थबाङ गाउपालिकाको विपद व्यवस्थापन समितिको बैठकले निर्णय गरे अनुसार भारत लगायत अन्य देशबाट आएका व्यक्तिहरुलाई राख्नको लागी प्रत्येक वडामा ३५ बेड क्षमताको क्वारेन्टाइन निर्माण गर्ने निर्णय अनुसार वडा नं २ ले छेर्लोबाङमा क्वारेन्टाइन निर्माण गरिएको वडा नं २ का वडाध्यक्ष रोका मगरले बताए ।
उहाहरु भारतबाट आउनु भएको हो । दाङमा आएर हामीलाई सम्र्पक गरेपश्चात हामीले सम्वन्य गरेर उहाहरुलाई यहाँसम्म आउने व्यवस्था मिलाएका हौ यस सँगै भारत लगाएतका मुलुकहरुबाट आउनेको संख्या बढ्ने वडा अध्यक्ष रोकाले बताए । अहिले थबाङ गाउँपालिका भर ३६ जना महिला र २१ जना पुुरुष गरी ५७ जना क्वारेन्टाइनमा रहेका छन् ।