• २०८३ बैशाख ३१ गते बिहिवार

उपत्यकामा थप ९४३ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १५, काठमाडौँ  । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९४३ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ गरी ९४३ जनामा संक्रमण पुष्टि भएको हो ।

थप १९ सय ११ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ९ जना पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस