बैशाख १४, काठमाडाैं । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीको दल दर्ता रोकी पाउँ भन्दै सत्तारुढ नेकपा निकट राष्ट्रिय युवा संघका कार्यकर्ताले निर्वाचन आयोगमा उजुरी दिएका छन । राष्ट्रिय युवासंघका नेता अमित लामाले निर्वाचन आयोग पुगेर राष्ट्रिय अखण्डता र परराष्ट्र सम्बन्धमा आँच आउने भन्दै जसपा दल दर्ताको निवेदन स्वीकार नगर्न संविधान विपरितकाे दल दर्ता प्रत्रिया राेकि पाउँ भनि उजुरी दिएका हुन् ।
जसपाले दल दर्ताका लागि दिएको निवेदनमा नेपाल बहुराष्ट्रिय राज्य कायम गर्ने भनेको र सो कुरा मुलुकको संविधान तथा राष्ट्रिय अखण्डताको विपरीत रहेको निवेदनमा उल्लेख छ । युवासंघका केन्द्रीय सदस्य अमित लामा र अधिवक्ता विपिन ढकालको उजुरी दर्ता गर्ने क्रममा निर्वाचन आयोगमा राष्ट्रिय युवा संघका केन्द्रीय सहसंयोजक रमेश पौडेल, राष्ट्रिय युवासंघका नेताहरू प्रभात कटुवाल, राेशन बस्नेतलगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।
