मंसिर १०, कञ्चनपुर । कञ्चनपुरमा घाँटीमा ढुङ्गा अड्किएर एकजना बालकको मृत्यु भएको छ । घर आँगनमा खेल्ने क्रममा ढुङ्गा मुखमा हाल्दा घाँटीमा अड्किएर बेदकोटनगरपालिका १६ महिने साकार भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
महाकाली अस्पतालमा ढुङ्गा झिक्न सम्भव नभएपछि कैलालीको धनगढी रेफर गरिएको थियो ।उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।