• २०८३ असोज २३ गते शुक्रवार

हेल्थ डेस्क स्थापना गरि कक्षा १२ को परिक्षा सञ्चालन गर्दै सुनिलस्मृति गाउँपालिका

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, रोल्पा । माध्यामिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने गरी परीक्षा तालिका प्रकाशित गरेको छ । सोही अनुसार सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाले पनि कक्षा १२ को परिक्षा सञ्चालनको तयारी पुरा गरेको छ ।

परिक्षा सञ्चालनका लागि कोभिड–१९ लाई मध्येनजर गर्दै गाउँपालिका भित्र रहेका ४ वटा केन्द्रहरुमा स्वास्थ्यकर्मी सहित हेल्थ डेस्क स्थापना गर्ने भएको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा उपाध्यक्ष बागमती क्षेत्रीनी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धे, स्वास्थ्य संयोजक मोतिम आलम, सह–संयोजक सावित्रा कुमारी थापा, शिक्षा अधिकृत यादव के.सी.को उपस्थितीमा भएको वैठकबाट हेल्थ डेस्क स्थापना गरि परिक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सुनिलस्मृति गाउँपालिका अन्तर्गत रहेका कक्षा १२ को परिक्षा केन्द्र रामेश्वरी माध्यामिक विद्यालय घोडागाउँमा ८५, सूर्योदय माध्यामिक विद्यालय सुलिचौरमा ४८, चन्द्रप्रभा माध्यामिक विद्यालय मिझिङमा २६ र जनज्योति माध्यामिक विद्यालय गजुलमा ११३ जना परिक्षार्थीहरु सहभागी हुने शिक्षा शाखा प्रमुख यादव के.सी.ले जानकारी गराउनुभयो । साथै रामेश्वरी माध्यामिक विद्यालय घोडागाउँमा घोडागाउँ स्वास्थ्य चौकी, सूर्योदय माध्यामिक विद्यालय सुलिचौर र चन्द्रप्रभा माध्यामिक विद्यालय मिझिङमा सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्र, जनज्योति माध्यामिक विद्यालय गजुलमा गजुल स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी परिक्षा अवधिभर हेल्थ डेस्कमा खटिने स्वास्थ्य सह–संयोजक सावित्रा कुमारी थापाले जानकारी गराउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस