• २०८३ असार १५ गते सोमवार

समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन: प्रम ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने रहेको बताउनुभएको छ । संयुक्त राष्ट्र संघको ७५ औँ महासभा अन्तर्गतको एक उच्चस्तरीय कार्यक्रममा रेकर्डेड भिडियोमार्फत् प्रधानमन्त्री ओलीले दीगो विकास लक्ष्य २०३० का एजेन्डा प्राप्त गर्नका लागि एक दशक बाँकी रहेको उल्लेख गर्नुभयो । गरिबी न्यूनीकरण गरिएको प्रगति समग्र विकास प्रयासहरूको मूल्याकंन गर्ने प्राथमिकताहरू हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरसको समयमा स्वास्थ्य र आर्थिक संकटकाबीच जनतालाई गरिबीमा नधकेल्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै सम्बोधनका क्रममा उहाँले ‘कोही पनि भोको नहोस् र कोही पनि भोकले मर्न नपरोस्’ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस