• २०८३ जेष्ठ ६ गते बुधवार

विश्वभर कोरोना संक्रमित संख्या २ करोड ३८ लाख

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ९, एजेन्सी  । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै २ करोड ३८ लाख ६ हजार ७४९ संक्रमण भएको छ ।संक्रमितमध्ये १ करोड ६३ लाख ५६ हजार ८४८ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ४ हजार ३२८ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख १६ हजार ९५० पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ५७३ जनाको मृत्यु भएको छ । ३३ लाख ८५ हजार ७५१ जना संक्रमित भएकोमा १९ लाख ९४ हजार ९४९ जना संक्रमणमुक्त भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस