असार ११, कैलाली । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्ट रु.५०,०००/- रकमसहित पक्राउ परेका छन । ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी हिमालय बिक्रम बिष्ट मार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिई गएको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी हिमालय बिक्रम बिष्ट पक्राउ गरेको हो ।
उनिहरुलाई रु.५०,०००/- (पचास हजार) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित धनगढी उप महानगरपालिका वडा नं.१ स्थित लिगल एडभोकेट सर्विस सेन्टरबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।