• २०८३ असार ९ गते मङ्गलवार

बाँकेको नरैनापुरमा सेना परिचालन, राति ८ बजेदेखि निषेधाज्ञा जारी

महेन्द्र सिंह पढ्न लाग्ने समय : २ मिनेट

जेठ १२, बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । नरैनापुर चारै नाका सिल, लकडाउन कडाईले पनि असम्भव भएपछि नरैनापुर क्षेत्रलाई आज राति ८ बजेदेखि निषेधाज्ञा जारी गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको हो ।

संक्रमित व्यक्तिलाई आइसोलेसनमा ल्याउन खोज्दा संक्रमित र स्थानीयले विरोध प्रदर्शन गरेर समुदायमा पनि कोरोना फैलिने खतरा रहेकाले सेना परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको हो। जिल्ला सुरक्षा समितिको बैठकले आइतबार राति ८ बजेदेखि लागू हुने गरी नरैनापुर गाउँपालिकाको सम्पूर्ण क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने, नेपाली सेनासमेत परिचालन गर्ने, डाक्टर, स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय भएको समितिका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। सुरक्षा समितिले सुरुमा कोरोना संक्रमित देखिएका क्वारेन्टाइनलाई सिल गरिएको थियो भने संक्रमितको संख्या बढ्दै जाँदा गाउँपालिकालाई नै सिल गरिएको थियो। उनले भने, ‘पहिले क्वारेन्टाइन सिल गर्यौं, पुगेन। त्यसपछि गाउँपालिका पूरै सिल गरेका थियौं। सिलले मात्र भएन। त्यसैले निषेधाज्ञा नै घोषणा गरेका हौं। सेना परिचालन गरेका हौं।’

यसलाई निरन्तरता दिइने र अर्को सूचना लागू नहुन्जेलसम्म निषेधाज्ञा जारी रहने प्रजिअ खड्काले जानकारी गराए। नरैनापुरतर्फ सेनाको पुगिसकेको उनले जानकारी दिए । स्थानीयहरुले बारम्बार दुःख दिने र सम्झाउदा पनि नमान्ने झन उल्टै प्रहरीमाथि जाइलाग्ने भएपछि सेना परिचालन गर्न बाध्य भएको प्रजिअ खड्काले जानकारी दिएका छन । नरैनापुर गाउँपालिकामा मात्र १ सय १४ जना कोरोना संक्रमित छन् । जसमा एक जनाको मृत्यु भइसकेको छ । गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन् ।

 

Sharing

प्रतिक्रिया दिनुहोस