• २०८३ बैशाख १५ गते मङ्गलवार

नेकपाको बैठकमा पुगे गृहमन्त्री थापा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ९, काठमाडौँ । ओली निकट नेपाल कम्युनिष्ट पार्टी नेकपाको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पुगेका छन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका हुन् ।

बादलसँगै हरिबोल गजुरेल पनि बैठकमा गएका छन् । हरिबोल पनि यसअघि कुनै भेलामा सहभागी थिएनन् । बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएका थिए ।

यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागि सकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस