• २०८३ जेष्ठ १० गते आइतवार

ओलीको केन्द्रिय सदस्य पद अस्वीकार गर्दै शेरबहादुर र प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष ९, काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको केन्द्रिय सदस्यमा चयन गरिएका नेताहरुले धमाधम पद अस्वीकार गर्न थालेका छन् ।

नेकपा विभाजनपछि ओली समूहले केन्द्रिय सदस्यमा चयन गरेकामध्ये पछिल्लो समय पूर्वकानून मन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी सांसद उषाकला राईले पद अस्वीकार गरेका छन् । यसअघि ओली पक्षको बैठकमा सहभागी भएका तामाङले बिहीबार बस्ने प्रचण्ड नेपाल पक्षको केन्द्रीय समिति बैठकमा सहभागी हुँदै सो समूहलाई साथ दिने बताउनुभएको छ ।तामाङले प्रतिगमनकारी कदमलाई साथ दिन नसक्ने भएकाले आफूले कित्ता परिवर्तन गर्नुपरेको उहाँले बताउनुभएको छ ।

‘हामीले विकास गरेको नेपालको लोकप्रिय कम्युनिष्ट आन्दोलनमा यति ठूलो विग्रह न विगतमा भयो न भविष्यमा हुनेछ । पुनः सबैले आ–आफ्नो ठाउँबाट हामीमा रहेको कुण्ठित भावनाहरुलाई त्यागेर पार्टीलाई एकताबद्ध बनाउने काममा गम्भीर समिक्षा गरेर लागौं । विभाजनले कसैलाई फाईदा छैन । राष्ट्रको नेतृत्वदायी पार्टीहरुमा विग्रह हुनु र विभाजन हुनु निश्चय नै राष्ट्र र जनताका लागि पिडादायी कुरा हो । यसले सिंगै राष्ट्रलाई ठूलो असर पार्दछ ।

Sharing

प्रतिक्रिया दिनुहोस