असोज ८, काठमाडौं । अदालतबाट फैसला सुनाईएको ६ वर्षपछि करोडौ रकम ठगि गर्ने ५६ वर्षकी जयन्ती के.सीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बनेपा न.पा.वडा न.०६ मा लुकिछिपी बसिरहेको अवस्थामा प्र.नि.योगेन्द् तिमिल्सिनाको टोलीले पक्राउ गरेको हो ।

जिल्ला अदालतबाट जारी भएको फरार लिष्टमा प्रतिवादीहरुको बारेमा गोप्य रुपमा बुझि खोजतालाश गर्दै जाने क्रममा सम्मानित उच्च अदालत पाटन ललितपुरको लागत न.१८०३ मिति २०७१/०१/२१ गतेको फैसलाले चैकिड कसर मुद्धाका रु ९, ४७,९२,११६/७८ (नौ करोड सठ्चालीस लाख बयानव्ये हजार एक सय सोह) रुपैया र र २,३५,००,०००/- (दुई करोड पैतिस नाख ) गरी जम्मा रु ११.८२,९२,११६।- ( एघार करोड़ बयासी लाख बयानब्ये हजार एक सय सोर्ह) जरिवाना र ३/३ वर्ष कैद कायम भएका फरार प्रतिवादी मिन बहादुर के.सी.को छोरी वर्ष ५६ की जयन्ती के.सी.लाई पक्राउ गरिएको छ । उनलाई आवश्यक कारवाहीको लागी काभ्रेपलाञ्चोक जिल्ल अदालत धुलिखेल पठाईको छ । काभ्रेपलान्चोक जिल्ला अदालतको आदेशबाट प्रतिवादी जयन्ती के.सी.लाई थुनामा राख्न जिल्ला कारागार धुलिखेल काभ्रेपलाञ्चोकमा पठाईएको छ ।