असोज ८ ,काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७५५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँमा ६०९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ गरी ७५५ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ४ सय ५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५० हजार ४ सय ११ जना रहेको छ । आज १७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ५३ जना पुगेको छ ।