• २०८३ भाद्र २८ गते आइतवार

फोनमा कुरा गर्दागर्दै आफ्नै घरको छतबाट खसेर मृ’त्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भाद्र ८ ,रुपन्देही । रुपन्देहीमा आफ्नै घरको छतबाट खस्दा एक युवकको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका १२, प्रहरी टोल बस्ने रामचन्द्र प्रसाद जैसवालका छोरा २३ वर्षीय विकास जैसवालको आफ्नै घरको ३ तला माथिबाट खस्दा बिहान ३ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

छतमा बसेर फोनमा बोल्ने क्रममा एक्कासि खसेका उनलाई उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा लगिएको थियो । उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको डीएसपी खड्कबहादुर खत्रीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस