भदौ ८, काठमाडौँ । विश्वमा कोरोना भाइरसका कारणबाट हालसम्म उपचारपछि घर फर्किने संख्या १ करोड ६० लाख ८० हजार ५७३ जना पुगेको छ ।विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल २ करोड ३५ लाख ८३ हजार ६१६जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ८ लाख १२ हजार ५१३ जनाको मृत्यु भएको छ ।
त्यस्तै नेपालमा संक्रमितको संख्या ३१ हजार ९ सय ३५ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या १८ हजार ६ सय ३१ जाना रहेको छ भने मृत्यु हुनेको संख्या १४९ जना पुगेको छ ।