• २०८३ बैशाख ९ गते बुधवार

डुङ्गेश्वरको वजेट पूर्वाधारमा केन्द्रित

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

श्रावण ९, दैलेख । डुङ्गेश्वर गाउँपालिकाको आर्थिक वर्ष ०७७/०७८ को वजेट पूर्वाधार विकासमा केन्द्रित भएको छ । गाउँपालिकाले शुक्रवार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष ०७७/०७८ को वजेट पूर्वाधार तथा स्वास्थ्य, शिक्षा र पर्यटनमा केन्द्रित रहेको जनाएको हो ।

यसै वर्ष ८ करोड वरावरको गाउँपालिकाको भवन निर्माण गर्दै छ भने ४ वटा वडा कार्यालयको भवन निर्माण गरिने भएको गाउँपलिकाले जानकारी गराएको छ । गाउँपालिकाका मुख्य सडक डुङ्गेश्वर वजार देखि गाउँपालिका कार्यालय, मटेला–पांङकोट लगायतका महत्वपूर्ण सडकहरुको स्तर उन्नती तथा पर्यटकीय स्थलहरुको पूर्वाधार विकासमा खर्च भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले आव ०७७/०७८ को वजेट असार १० गते निती तथा कार्यक्रममा छलफलगरी असार २६ गते वजेट विनियोजन गरेको गाउँपालिका वडा नं ६ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता वमबहादुर विसीले सम्मेलन मार्फत जानकारी दिएका छन् । प्रवक्ता विसीका अनुसार आव ०७७/०७८ को वजेट ३४ करोड २५ लाख २३ हजार ६० रुपैया विनियोजन गरिएको छ । प्रवत्ता विसीले वित्तिय तर्फ ७ करोड ९३ लाख, राजश्व वाँडफाड तर्फ ६ करोड १० लाख ३३ हजार ३ सय ६० रुपैया, वित्तिय समानिकरण प्रदेश तर्फ ९९ लाख ३९ हजार र राजश्व प्रदेश तर्फ ४ लाख ४० हजार रहेको छ । साथै संघको १३ करोड ४६ लाख ४० हजार समपुरक अनुदान तर्फ, १ करोड विशेष अनुदान संघको, २ करोड सशर्त अनुदान तर्फ प्रदेश, ४० लाख समपुर प्रदेशको, १ करोड १५ लाख, विशेष अनुदान प्रदेशको ४० लाख, आन्तरीको स्रोतवाट २१ लाख ५० हजार, गाउँपालिकाको मौज्जात ४५ लाख, सडक वोर्ड १० लाख लागाएतको बजेट गाउँसभामा पारित गरिएको प्रवक्ता प्रत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

गाउपालिकाले चालुतर्फ २० करोड ४७ लाख ६३ हजार ३ सय ६० रुपैया विनियोजन गरिएको छ भने पूजिगत तर्फ १३ करोड ७७ लाख ३९ हजार रुपैयां विनियोजन गरिएको गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञावलीले जानकारी दिएकी छन् । गाउँपालिकाले सर्बसम्मतबाट बजेट पारित गर्न खोजेपनि वडा नं १ र २ ले आफु अनुकुल वजेट नल्याएको भन्दै वजेट विनियोजनको आलोचना गरेका छन् । गाउँपालिकाले कुनै पनि वडाहरुलाई विभेद नगरी समतामूलक र जनमूखी वजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिएका छन् । अध्यक्ष मल्लका अनुसार वडा नं १ र २ का अध्यक्षको माग अनुसार वडाको प्रशासनिक खर्च १५ लाख दिन नसकिने र सवै वडाको प्रशासनिक खर्च कटाएर ५÷५ लाख विनियोजन गरिएको हो ।
प्रशासनिक खर्च कटौती गरिएपछि १ र २ वडाका अध्यक्षहरुले विमती जनाएपनि गाउँपालिकाको वजेट वहुमतवाट पारित गर्नु परेको अध्यक्ष मल्लले वताए । ‘विगतमा वडाको प्रशासनिक खर्चमा विनियोजन गरेको वजेट दुरुपयोग भएको सुन्नमा आएकाले यसको दुरुपयोग नहोस् भन्दै यस वर्ष हामिले वजेट वडामा कम गरेका हौं’ अध्यक्ष मल्लले भने ‘यसैलाई लिएर कोही कसैले गाउँपालिकाको वदनाम गर्न मिल्दैन । वडामा सवैलाई समान व्यवहार गाउँपालिकाले गरेकै छ ।’

यसैगरी आव २०७४÷०७५ मा गाउँसभावाट कार्यविधि पारित गरी वजेट प्रस्तुत गरे वापतको प्रोत्साहन भक्ता २५ हजार उपाध्यक्षले वुझेको रकम मलेपले वेरुजु देखाएपछि उक्त रकम गाउँपालिकाकै कोषमा जम्मा गरिसकेको उपाध्यक्षले जनाइएकी छन् । गाउपालिकाले कर्मचारीहरुको वैठक भत्ता कटौतीगरि कोभिड १९ मा खर्च गरेको र कार्यपालिकाको निर्णय अनुसार कार्यविधि अनुरुप अध्यक्ष कोष स्थापना गरिएकाले सो कोषको दुरुपयोग नभएको पत्रकार सम्मेलनमार्फत प्रष्ट पारिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस