• २०८३ असार ५ गते शुक्रवार

बेदा रिटेल कम्पनीको स्थापनासँगै रोजगारमा सहयोग पुग्ने विश्वास

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, महोत्तरी  ।  महोत्तरीको बर्दिबासमा श्री बेदा रिटेल प्रालीको शाखा विस्तार भएको छ । बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय नेटवर्किङ कम्पनी बेदा रिटेलको नेपालस्थित आधिकारिक कार्यालय बर्दिबासमा स्थापना भएको हो ।

शनिवार नगरप्रमुख प्रह्लाद क्षेत्रीले उक्त कम्पनीको औपचारिक उद्घाटन गर्दै बेदा कम्पनीको सफलताको शुभकामना दिए । नेपालको आधिकारिक बिक्रेताको रूपमा भने प्रमेश्वर महतो, रवीन्द्र महतो र दिनेश महतोले जिम्मेवारी पाएका छन् ।

कम्पनीको माध्यमबाट नेपालमा धेरै युवाको बेरोजगारको पीडालाई विस्थापन गर्ने कम्पनीको स्वामित्व लिएका तीनै जना महतोको प्रतिबद्धता छ ।

कम्पनीले आफ्नै ब्राण्डमा ७६ भन्दा बढी स्वास्थ्य र सौन्दर्यसँग जोडिएका वस्तु उत्पादन गर्दै आएको छ । पूर्णरुपमा आयुर्वेदिक उत्पादन गर्दै आएको कम्पनीका उत्पादन नेपाल र भारतका बजारमा निक्कै विश्वसनीय बन्दै गएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस