• २०८३ जेष्ठ १ गते शुक्रवार

सर्पको टोकाइबाट ९ बर्षीय बालिकाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ११, दाङ । दाङमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ९ तेलियाका धनबहादुर कुमालकी ९ बर्षीया छोरी रेश्मा कुमाललाई सर्पले डस्दा मृत्यु भएको हो ।

शनिबार अपरान्ह ४ बजे आफ्नो आमासँगै घरको पेटीमा बसेको समयमा सर्पले डसेको थियो । सर्पले डसेको थाहा पाएपछि बालिकाका आफन्तले धामीझाँक्री बोलाउनेतर्फ लागे तर धामीझाँक्री आउँदासम्म बालिकाको मृत्यु भइसकेको थियो । मृतक बालिका रेश्मा कुमाल लमही नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक विद्यालय भ्युसनपुरले लिएको गत वर्षको वार्षिक परीक्षामा कक्षा दुईबाट तृतीय श्रेणीमा पास भएको बिद्यालयका प्रधानाध्यापक ओमप्रकाश बस्नेतले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस