• २०८३ कार्तिक १९ गते बुधवार

पर्सामा आगलागी हुँदा घर र गोठमा क्षति

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १२, काठमाडौं । पर्साको जिराभवानी गाउँपालिका ५ हरैयामा आगलागी हुँदा एउटा घर र गोठ जलेर क्षति भएको छ ।

लामखुट्टे धपाउन बालेको घुपबाट सल्किएको आगोले स्थानीय सुरेन्द्र भण्डारीको घर र अमिना चौधरीको गोठमा क्षति पुगेको पर्सा प्रहरीले जनाएको छ । आगलागीबाट अन्नपात, लताकपडा तथा भाँडाकुँडा गरी अन्दाजी ३ लाखको क्षति पुगेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान ४ बजेको समयमा लागेको आगो प्रहरी र स्थानीयको सक्रियतामा बिहान साढे ४ बजे नियन्त्रणमा लिइएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस