असार ९, बाँके । बिगतमा शशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा (ज्वाला सिंह) मा आवद्ध रही अपराधिक क्रियाकलापमा सक्रिय बाँके साविक वनकट्टी गा.वि.स वडा नं.५ हाल डुडुवा गाउपालिका वडा नं.३ वस्ने वर्ष ३१ को धर्मा सिंह भन्ने राजेश यादव पक्राउ परेका छन ।

उनि बाँके जिल्लामा ह’त्या, अप’हरण, ज्यान मा’र्ने उद्योग, ब’म वि’ष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा बढी अप’राधमा संलग्न रही फरार रहेका थिए । भारतबाट घरमा आएको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा उनलाई मंगलबार बिहान ३ बजेको समयमा जिल्ला बाँके डुडुवा गाउपालिका वडा नं.५ बाट तरवार थान १, चक्कु थान १ सहित फेला पारी पक्राउ गरिएको हो । उनलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।