• २०८३ भाद्र २९ गते सोमवार

गजल

सुरेशकुमार पान्डे। पढ्न लाग्ने समय : १ मिनेट

कोई ता देशको लागि नै मरे ईतिहाश मा,
फुल्दा फुल्दै ओईलिएर झरे ईतिहाश मा।

देश उस्तै समाज उस्तैछ साशक बदलियो,
कयौँ ता अकाल माटोमा सरे ईतिहाश मा।

दुश्मन चिने तर दोश सँग गद्धारी गरेकैहो,
बन्दुक छोप्नेहरुले वैमानी गरे ईतिहाश मा।

आज तिजीको रमझम त हुँन सकेन कतै,
पहिलो पल्ट कोविड सँग डरे ईतिहाश मा।

यदि मनाएकै भयनि के खाक मनाईन्थ्यो,
बुजुर्वा समाज ले कुरिती छरे ईतिहाश मा।

गरीबलाई सदै के खाम के लगाम हुँनेगर्छ,
मज्दुर धनीकै अन्यायमा परे ईतिहाश मा।

यँहा मेला पर्व पनि उसैले मनाउँछ सदियौँ,
जो सोशक र सामन्त नै ठहरे ईतिहाश मा।

Sharing

प्रतिक्रिया दिनुहोस