१
हिँड बाटो बनाउः
सुनौलो भबिश्य लाई
पहरामा पनि मिलेर।
२
यो धर्ती आकाश नै,
तिम्रो अनि हाम्रो हुँँन्छ
मानव हामि बने पछि।
३
बिदेशी जाल च्यातौँ,
स्वदेशी बनेर अब
त्यसैमा त भलोछ हाम्रो।
४
निदार खुम्चाएर,
एक पटक सोँचौँ त
देश जोगिन्छ यो चालाले ?
५
बन्दैन संझौताले।
देश बन्छ बिकाशले।
असमान सन्धि नगरौँ।
६
म देश भक्त हुँदा
म लाई देश चाहिन्छ।
निस्वार्थ नागरीक बनौँ।
७
न हिमाल टाडा छ,
न पहाड टाडा हाम्रो
तराई पनि हृदय हो।
८
म जँहा भयपनि,
मेरो देश छाति भित्र
भबिश्य उज्वल हुनेछ।
९
मेरा आमा दुईटी,
जन्मदिने नाम दिने,
त्सैले नेपालको छोरा हुँ।
१०
हाम्रो देश भित्र मा,
भन नेता के कमी छ ?
नियत बाहेक सबैछ।