मंसिर ५, कैलाली । बैतडीमा मृत फेला परेका १४ गाईको हत्याको आशंकमा एक जना पक्राउ परेका छन्। बैतडी प्रहरीले पुर्चौडी नगरपालिका वडा नम्बर ५ का २४ वर्षीय लक्ष्मण पार्कीलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीका अनुसार स्थानीयहरूले ११ वटा गाई मरेको फेला परेको बताए पनि प्रहरी टोली गएर अनुगमन गर्दा १४ गाई मृत फेला परेको हो । उनका अनुसार पक्राउ परेका लक्ष्मण पार्की र सोही ठाउँका सुरेश पार्कीले पाटन नगरपालिकासँग सम्झौता गरी ३४ गाईलाई पाल्ने भन्दै पुर्चौडी ल्याएका थिए।
यो पनि पढ्नुहोस
बैतडीमा मृतावस्थामा भेटिए ११ गाई
नायब उपरीक्षक अधिकारीले १४ वटा गाई मृत फेला परेपछि उनीहरूले नै मारेर फालेको आशंकामा पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको र सुरेश पार्की फरार रहेकाले खोजी गरिरहेको बताउनु भयो ।