मंसीर ६, बझाङ । बझाङको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। शुक्रबार दिउँसो नदीमा पानी पिउन गएका ६ वर्षिया बालक बेपत्ता भएका हुन ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का उत्तर पुरी परिवारसँगै नदीमा पानी तान्ने मोटर निकाल्न गएका थिए। सोही क्रममा उनी नदिमा बेपत्ता भएक हुन । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता बालकको खोजी कार्य जारी राखेका छ।