• २०८३ साउन १७ गते आइतवार

कबिता “पराइ सहर”

बिमल अर्याल पढ्न लाग्ने समय : १ मिनेट

रंगीचंगी टिनका पाताहरुमा ठेगाना झुन्न्दाउदै ,
ठाउँ ठाउको सानो खटप्वालबाट त्यो चिहाउछ
अस्थ ब्यस्त ब्यस्त अस्त हुदै
चिर निन्द्रामा पनि त्यो झस्किरहन्छ एकाध आवाजसंगै
कालो लेपिएको कच्ची बाटोहरुमा
घाइ घुइ गर्दै प्रबेगमा दौडनेहरु
हठात टक्क रोकिन्छन एक दृश्य एकोहोरो हेराइ
सम्झनछन संसार येही हो तिनका परिसर ओरपर झैँ
यो धनधान्यपूर्ण मरुभूमि हो
अनगिन्ति लमतन्न ठदिएका आकृतिसंग
सल्बलाई रहने कृतिम फूलका गुच्छाहरु
ति सब प्रकृतिका बरदान साबितछन् , किन मानब एउटा एसकै उपज हो
यो आंशिक भूगोल चरित्रहरुको बथान हो
बाच्न र बाचाउन अन्तरसम्बन्धित क्रियाहरुको योग
फेरि तेइ परिदृश्यमा घुम्न मानब उत्पादन उद्धत छ
एउटी आशे बक्षस्थलमा छोरो टाग्दै माग्दै छे
यहाँ अनगिन्ति आशाहरु जन्मछन् तेसमै रम्न खोजे जीवन
भर्खरका प्रेमलापमा अशिम चाह भरिन खोजे झैँ
बेजोड प्रयाशले, येत्नले मानबझून्न सल्बलाई रहन्छ
बाच्नकै निम्ति यो घचघचइ रहन्छ, कोटीइरहन्छ,पराइ सहर।।।

Sharing

प्रतिक्रिया दिनुहोस