• २०८३ बैशाख ४ गते शुक्रवार

वीरगन्जमा कोरोनाबाट चार जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ५, वीरगन्ज । वीरगन्जमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । तीन जनाको आइतबार बिहान र एक जनाको शनिबार साँझ मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत रौतहटको गौर नगरपालिका-१ का ६१ वर्षीय पुरुषको आइतबार बिहान साढे ७ बजे मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१३ बलिरामपुरकाख ६५ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रेशमकोठीका ८८ वर्षीय, वीरगन्ज-४ बिर्ताका ७८ वर्षीय व्यक्तिहरूकाे मृत्यु भएकाे छ।

Sharing

प्रतिक्रिया दिनुहोस