- राम बिश्वकर्मा
माघ ०७, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा न २ बस्ने २६ बर्षिय बिमित स्वर्गीय सुवास चौधरीको परिवार लाइ गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा सुखडले मृतक चौधरी की ंंश्रीमती लाइ बिमादायी रकम हस्तान्तरण गराएको छ ।

आज एक कार्यक्रमका बिच गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा सुखड उपशाखा प्रमुख अशोक कुमार भण्डारी , वडा न २ का वडा सदस्य तिर्थराज चौधरी र एजेन्सी मेनेजर बिजय कुमार चौधरीको उपस्थितिमा मृतक चौधरीको इच्छाएको व्यक्ती उनकी ंश्रीमती कुश्मी चौधरी लाइ बिमाङ्क रकम र बोनस सहितको रकम एकमुष्ठ रु ५लाख २६ हजार बराबर एन आइ सि एसिया बैंकको चेक हस्तान्तरण गराएका छन ।
ंश्रीमान बितेपछि निकै दुख कष्ट भइरहेको थियो । उपचार गर्दा लिएको साहुको ंऋण समेत तिर्न नसकेको अवस्थामा आज बिमा दाबिको रकमले ठुलो सहयोग भएको मृतक की ंश्रीमती कुश्मी चौधरीले बताइन् । बिमा गर्नु राम्रो रहेको भन्दै गुराँस लाईफ इन्स्योरेन्स लाइ धन्यवाद व्यक्त गर्नुभयो ।
मृतक चौधरीले गत पौष महिना देखि गुराँस लाईफ इन्स्योरेन्स कम्पनी मा रु ५ लाख बराबरको बिमा रकम भर्दै आएका थिए । गुराँस लाईफ इन्स्योरेन्स कम्पनी मा रु ५ लाख बराबरको बिमाङ्कको गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लाइ बार्षिक नगद फिर्ता गराएको चौधरीको अचानक बिरामी भएर उपचारको क्रममा गत कार्तिक महिनामा मृत्यु भएको थियो ।