• २०८३ असोज १० गते शनिवार

नेता बडाललाई कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ५, काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेता तथा पूर्वमन्त्री केशव बडाल दम्पत्तिलाई कोरोना संक्रमण भएको छ । नेकपाका केन्द्रीय सल्लाहकार समिति अध्यक्ष बडाललाई आज बिहान आएको पिसिआर परीक्षण रिपोर्टमा पोजेटिभ देखिएको हो ।

उहाँकी पत्नी शान्ति बडालको मंगलवार पोजेटिभ रिपोर्ट आएपछि नेता बडालको हिजो पिसिआर परीक्षणका लागि स्वाव दिइएको थियो । आज बिहान रिपोर्ट पोजेटिभ आएको नेता बडालले जानकारी दिए । कोरोना संक्रमणपछि नेता बडालका पत्नी शान्ति बडाल गंगालाल हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना हुनुभएको छ । नेता बडाले भने घरमै आइसोलेशनमा हुनुहुन्छ ।

Sharing

प्रतिक्रिया दिनुहोस