असोज २९, सप्तरी । विजया दशमी अन्तरगत नवमीको दिन टिलाढी कोइलाडी गाउँपालिकाको कोइलाडीस्थित श्री दुर्गा मन्दिरमा ८ सय बोका र ४० राँगाको बली दिइएको छ। स्थानीयवासी मुकुश सिंहका अनुसार यँहा हरेक वर्ष ७ सय देखि ८ सयसम्म बली चढाइन्छ।
नवमीको दिन मन्दिरमा भव्य पूजा हुने गर्छ। घटस्थापनादेखि दशमीसम्म प्रत्येक दिन बली चढाउने परम्परा छ। यो परम्परा करिब दुई सय वर्ष अगाडीदेखि चल्दै आएको जानकारहरु बताउँछन्। मन्दिरमा कोइलाडी लगायत आसपासका ५०/६० गाउँका भक्तजनहरु आउने गर्छन् र मनाेकामना पूरा हाेस भन्दै बली चढाउछन ।