• २०८३ जेष्ठ ३० गते शनिवार

निषेधाज्ञाको पहिलो दिन अत्यावस्यक बाहेक सबै सेवा बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भदौ ४, काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी गरेको पहिलो दिन सबै व्यवसायिक क्षेत्रहरु बन्द भएको छ । अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द भएकाले सवारी चाप निकै कम छ ।

काठमाडौं उपत्यका बिहानैदेखि सुनसान छ । तोकिएका र अत्यावश्यक भनिएका सवारी साधनबाहेक अन्य साधनसमेत हिँडेको छैन । सडकका चोकचोकमा ट्राफिक प्रहरी र नेपाल प्रहरी बाक्लो उपस्थिति छ ।

No description available.

खबर 24 नेपालको टिम उपत्यकाका बिभिन्न ठाउँमा पुप्दा अन्यन्त बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको पाइयो । महानगरीय प्रहरी वृत्त जगते कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक चक्र राज जोशीका अनुसार आदेश कार्यान्वयनका लागि रातिदेखि नै प्रहरी परिचालन गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाइएको छ । उक्त आदेश यही भदौ १० गते राति १२ बजेसम्म कायम हुने छ । अत्यावश्यक बाहेक मानिसहरुलाई हिंँडडुलमा समेत रोक लगाएको उहाँले बताउनु भयो ।

No description available.

बिहानै माइकिङ गरेर प्रहरीले जथाभावी रुपमा बाहिर ननिस्किन अनुरोध गर्दै ठाउँठाउँमा सचेतनामूलक कार्यक्रमसमेत गरेको थियो । खाद्य पदार्थ खरीदबिक्रीका लागि भने बिहान ७ बजेसम्मको समय तोकेर सूचनासमेत जारी गरेको थियो । पत्रकारलाई समेत न्यून सङ्ख्यामा हिँड्न भनिएको छ । त्यसमा रिपोर्टिङका लागि हिँडेका पत्रकारलाई भने सहजीकरण गरिएको महानगरीय प्रहरी वृत्त जगते कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिनुभयो ।

No description available.

काठमाडौंका विभिन्न क्षेत्रमा बिहान ७ बजेसम्म मात्रै तरकारी तथा खाद्य पदार्थका पसल खुलेका थिए भने त्यसपछि प्रहरीले आफैँ आएर बन्द गराएको थियो । आज पहिलो दिन भएकाले बैंकलगायत केही क्षेत्रमा समन्वयको अभाव देखिएको छ । त्यसलाई क्रमशः व्यवस्थापन गर्दै जाने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उपत्यकाका तीन वटै प्रशासन कार्यालयद्वारा जारी आदेशमा आजदेखि एक साता अत्यावश्यक सेवाबाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न निषेध गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस