भाद्र ४ ,नुवाकोट । नुवाकोटका एकजना पत्रकारमा कोरोना संक्रमण कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ । नुवाकोटमा पछिल्लो २४ घण्टामा एकजना पत्रकारसहित २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो परीक्षणमा नुवाकोट न्युज डटकमका सम्पादक तथा रेडियो जालपाका स्टेशन म्यानेजर संक्रमण देखिए छ।
यससँगै नुवाकोटमा पहिलोपटक पत्रकारमा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमणको पुष्टि भएसँगै उनलाई त्रिशुली अस्पतालमा रहेको आइसोलसेन वार्डमा लगिएको छ ।
पत्रकार आफु कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पछिल्लो केही दिनयता आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई पीसीआर परीक्षण गराउन आग्रह गरेका छन् ।
पत्रकारले एकसाता अघि पिसिआर परीक्षण गरेका थिए । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ७२ पुगेको छ ।