• २०८३ बैशाख १२ गते शनिवार

प्राकृतिक विपद्मा परि मृत्यु हुनेको परिवारलाई कम्तिमा १० लाख क्षतीपूर्ती दिनुपर्छः संयोजक महर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले देशभर भइरहेको प्राकृतिक विपद्मा परि दुःखद् मृत्यु भएका परिवारलाई कम्तिमा १० लाखको क्षतीपूर्ती दिनुपर्ने सम्बन्धीत निकायसँग माग गर्नुभएको छ ।

देशका विभिन्न भागहरुमा आएको बाढी पहिरो तथा डुवान प्रभावित क्षेत्रमा आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिँदै उहाँले प्रकृतिक प्रकोप न्युनिकरण गर्न सम्बन्धीत निकायले उदासिता देखाउनु नहुनेमा जोड दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस