श्रावण ५, काठमाडौँ । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शिर्ष नेतृत्वलाई यो वा त्यो वहानामा महाधिवेशनबाट पन्छिन खोज्नु उचित नभएको बताउनुभएको छ ।
पार्टीको स्थायी कमिटीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजिनामा मागिएसँगै पार्टी भित्र भएको आन्तरिक विवाद चुलिदै गएको समयमा उहाँले एकताको महाधिवेशन गरी नेतृत्व हस्तान्तरणको कुरालाई विशेष रुपमा जोड दिनुभएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकताका सवालमा दुई वर्षभित्रमा एकताको महाधिवेशन गर्ने भनि भएको सम्झौतालाई तीन वर्षसम्ममा पनि महाधिवेशनमा जाने कुराबाट पन्छिनु पार्टीको लागि उचित नभएको स्थायी कमिटी सदस्य समेत रहनुभएका मुख्यमन्त्री पोखरेलले बताउनुभयो ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै उहाँले भन्नुभएको छ, ‘पार्टी एकता गर्दा २वर्षमै एकता महाधिवेश गर्छौ भन्ने नेताहरु ३वर्ष भित्रै महाधिवेशन गरौ भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’
