जेठ ७, काठमाडौं । आज दिउँसो देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू(भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु(भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ। यस्तै राती देशको पूर्वी भू-भागहरुमा पूर्ण बदली तथा मध्य भु-भागमा सामान्य बदली रही पश्चिमी भू(भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका १-२ स्थानहरुमा मेघगर्जन, चट्याङ हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पुर्वी तथा मध्य उच्च हिमाली भु-भागका केही स्थानहरुमा साथै पश्चिमी उच्च हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्ययम हिमपातको समेत संँभावना रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको छ। जसका प्रभावले देशको सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश का सबै भु-भाग लगायत प्रदेश नं ५ को केहि स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ भने बांकी सबै भु-भागमा सामान्य बदली रहि थोरै स्थानहरुमा वर्षा भइरहेको छ ।
महाशाखाले हाल देशमा स्थानीय वायु को प्रभाव संगै अंपुन चक्रवातको अप्रत्यक्ष प्रभावले बदली संगै पूर्वी भू-भागका धेरै स्थानहरु, मध्य भू(भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै संगै मेघगर्जन, चट्याङ, हावाहुरी सहित हल्का देखि मध्ययम वर्षाको संभावना रहेको साथै हिमाली भु-भागहरुमा हिमपातको समेत संभावना रहेको जनाएको छ । जसको कारणले खोलानालाहरुमा जलप्रवाहमा समेत बढोत्तरि हुने संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ । छ।