• २०८३ बैशाख ६ गते आइतवार

वडा अध्यक्षको एन्टीबडी पोजेटिभ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, जनकपुर। धनुषाका एक जना वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण जाँच गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ । जनकनन्दनी गाउँपालिका २ का वडाअध्यक्षको आरडीटी टेस्ट पोजेटिभ देखिएको हो ।

भारतबाट एक महिनापछि चैत २२ गते साँझ नेपाल आएका थिए । लुकेर नपाल आएका उनलाई चैत २४ गते वडा नम्बर ४ स्थित विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । १४ दिन क्वारेन्टाइनमा राखिएपछि सोमबार उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीले जानकारी दिएको छ । क्वारेन्टाइनमा रहेका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र वडाअध्यक्षकै पोजेटिभ देखिएपछि उहाको प्रयोगशाला परीक्षणका लागि पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस