बैसाख ८,बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ का एक स्थानीयलाई आरडीटी टेस्टमा एक जनामा पोजिटिभ देखिएको छ । भारतबाट चैत १ गते घर आएकामा पोजिटिभ रिपोर्ट देखिएको हो ।
आइतबार नगरपालिकामा गरिएको आरडीटी टेस्टमा सुरुमा दुई जनामा पोजिटिभ रिपोर्ट आएको भए पनि दुबै जनाको दोहोर्याएर जाँच गर्दा १८ वर्षीय युवामा नेगेटिभ रिपोर्ट आएको थियो । ६० वर्षीयमा भने पोजिटिभ रिपोर्ट नै आएको त्रिवेणी नगरपालिकाका स्वास्थ्य संयोजक चीरञ्जीव साहले बताए ।
उनका अनुसार ताम्सु घर भएका उनलाई प्रहरीले सदरमुकाम मार्तडी लिएको छ । जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उनको थ्रोट स्वाब संकलन गरेर नमुना परीक्षणका लागि धनगढी पठाइने छ ।