• २०८३ भाद्र १४ गते आइतवार

शहरी विकास मन्त्रालयबाट तार्केश्वरमा ११ करोड बराबरको नया योजना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४, काठमाडौं । शहरी विकास मन्त्रालयले तारकेश्वरकाे ३ र ५ वडामा सडक निर्माणमा ११ करोडको योजनाका लागि टेन्डर आव्ह्रान गरेको छ । शहरी विकास राज्यमन्त्री रामविर मानन्धरको पहलमा आफ्नो विकास क्षेत्रमा उक्त बजेटमा काम हुन लागेको हो ।

शहरी विकास मन्त्रालयले तारकेश्वर ५ अन्तर्गत बोहोराटार- पृथ्वी नारायण स्कुल- धितालथोकमा ३करोड, तारकेश्वर नगरपालिका वडा नं. ३ मा चोगाउ – तिनपिप्ले ३ करोड र चापागाउ चोक – खुमलटार ५ करोड बिनियोजित भएको हो ।

 

शहरी विकास मन्त्रालयले सार्वजनिक सुचना जारी गरि टेण्डर आव्हान गरेको हो । तारकेश्वर नगरपालिका वडा नं ३ र ५ मा यो योजना सम्पन्न भएमा ती भेगका मानिसहरु बालाजु आउन धेरै समय नलाग्ने तथा विकासको फड्को मार्ने स्थानियहरु बताउछन ।

Sharing

प्रतिक्रिया दिनुहोस