• २०८३ बैशाख ९ गते बुधवार

आफ्नै दुई छोरी बलात्कार गरेको घटनाप्रति नगरस्तरिय बाल संञ्जालको गम्भीर ध्यानाकर्षण

खगेन्द्र अबस्थि पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ४, कैलाली । कैलालीको घोडाघोडीमा १४ र १६ वर्षीय दुई कीशोरी माथी आफ्नै बाबुले बलात्कार गरेको घटना प्रती नगर स्तरीय बाल सञ्जाल घोडाघोडीको गम्भीर ध्यानाकर्षण सहितको प्रेस वीज्ञप्ती निकालीएको छ । इलाका प्रहरी कार्यलय सुखडमा शनीबार बिहानै घटना पुगेपनी प्रहरीले संरक्षक नभएको भन्दै मुद्दा दर्ता नगराएको र आरोपीत व्यक्ती शनीबार साझ सम्म पनी फरार रहेकोले इलाका प्रहरी कार्यलय सुखड प्रती पनी घोर आपत्ती जनाइएको छ ।

यस्तो दानविय प्रवृत्तिलाई हरेक बालबालीका र सिङ्गो मुलुकले नै तीरस्कार गर्दै घटनाको सत्य, तथ्य पत्ता लगाइ उक्त घटनामा संग्लन्न अपराधीलाई हदैसम्मको कानुनी कार्वाहीका लागी प्रहरी प्रशासन, न्यायलय र सरकारसंग नगर स्तरीय बाल सञ्जाल घोडाघोडीले जोडदार माग गरेको छ । साथै पीडित किशोरीहरुलाई उचित न्याय, क्षतपिूर्ती, स्वस्थ्य परिक्षण, उनको सामाजिक सुरक्षा, मनोसामाजिक परामर्श र उनको सम्मानमा विशेष ध्यान दिन पनी सम्बन्धित निकाय समक्ष नगर स्तरीय बाल सञ्जाल घोडाघोडिले अनुरोध गरेको छ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस