• २०८२ जेष्ठ ३० गते बिहिवार

उपत्यकामा आज हुने कार्यक्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

श्रावण ४, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरु निम्म रहेका छन ।

१.नेपाल विद्यार्थी संघ (वी पी) ले नेपाल आयल निगमले आफ्नै स्वचालित मुल्यको वेवास्ता गरि मूल्य वृद्धि गरेको र विभिन्न शिर्षकमा लिएको करको हिसाब सार्वजनिक गर्न माग गर्दै आयल निगमका महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउने ।
स्थान:-नेपाल आयल निगमको कार्यालय,बबरमहल ।
समय:-१०:०० बजे ।

२.नेपाल टेलिकमका क्रियाशील युनियनहरू को संयुक्त संघर्ष समितिले विभिन्न माग राखि प्रवन्ध निर्देशकको कार्यकक्ष अगाडी धर्ना दिने ।
स्थान:-नेपाल टेलिकम भद्रकाली प्लाजा भद्रकाली ।
समय:-१०:०० बजे देखि १३:०० बजे सम्म ।

३.महिला तथा सामाजिक समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
सनय:-११:०० बजे ।

४.बिकास तथा प्रविधि समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-११:०० बजे ।

५.विद्यायन व्यवस्थापन समितिको बैठक बस्ने ।
स्थान:-समितिको सभाकक्ष,सिंहदरबार ।
समय:-११:०० बजे ।

६.प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्ने ।
स्थान:-संघीय संसद सचिवालय,सिंहदरबार ।
समय:-११:३० बजे ।

७.औषधी व्यावसायिहरुले विभिन्न माग राखी औषधी ब्यबस्था बिभागको कार्यालयमा धर्ना दिने ।
स्थान:-औषधी ब्यबस्था बिभाग कार्यालय,बिजुली बजार ।
समय:-११:०० बजे ।

८.सिभिल महलका ब्यापारिहरूले लक डाउन अबधि भरि काे भाडा मिनाह गर, पसल हरू खाेल्न पाउनु पर्‍यो भन्दै प्लेकार्ड सहित शान्तिपुर्ण धर्ना कार्यक्रम गर्ने ।
स्थान :- सिभिल महलकाे पार्किङ ।
समय :- १३:०० बजे देखि १४:०० बजे सम्म ।

९.नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक बस्ने ।
स्थान:-प्रधानमन्त्री निवास,बालुवाटार ।
समय:-१५:०० बजे ।

१०.covid-19 enough is enough group का अभियानता इसान अधिकारी (ई) सरकारले १२ बुदे सहमति कार्यन्वयन नगरेको भनि खुल्ला सत्याग्रह बसेको ।
स्थान:-वसन्तपुर डबली ।
समय:-२०७७/०४/०३ गतेको १२:३० बजे देखि जारी ।

११.मेलम्चीको घटनाको बिषयलाइ लिइ इन्जिनियर सतिश कुमार गोइत सँगै पढ्ने इन्जिनियर शाथिहरु र आफन्तहरूले विभिन्न मागराखी शान्तीपुर्न धर्ना कार्यक्रम गर्ने ।
स्थान:-माइतीघर मण्डला ।
समय:-नखुलेको ।

१२. श्री पञ्चकन्या युवा क्लवले पत्रकार सम्मेलन गर्ने ।
स्थान:-रिपोर्टस् क्लव,भृकुटी मण्डप ।
समय:-नखुलेको ।

१३.कुमार लिङ्देन नेतृत्वको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च,लक्ष्मण थारु नेतृत्वको थारुहट राष्ट्रिय मोर्चा,आरके खम्बु नेतृत्वको खम्बुवान राष्ट्रिय मोर्चा लगायतका ९ ओटा ‘पहिचानमा आधारित संघीय गठबन्धमा आबद्ध दल तथा संघ संगठनहरुले आ-आफ्नो पहिचान सहितको ब्यानर प्लेकार्ड सहित विरोध प्रदर्शन गर्ने साथै प्रचारात्मक अभियान,सरोकारवालाहरू संग छलफलसहित बैठक,गोष्ठी र प्रचारप्रसार गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१४.निजामति कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनले कर्मचारीहरूको सेवा सुविधा कटौती गरी सरकारले जारी गरेको विधेयकको विरोधमा असार २५ गते देखि श्रावण १५ गते सम्म सबै प्रदेश,जिल्ला विभागस्तरमा संवद्ध सरोकारवालाहरू बीच अन्तर्क्रिया कार्यक्रम गर्ने ।
स्थान:-देशभर ।
समय:-नखुलेको ।

१५.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :-देशभर ।
समय : नखुलेको ।

तपाईहरु पनि कुनै कार्यक्रम गर्दै हुनुहुन्छ भने कृपया हामीलाई मेल गर्नुहोला । हाम्रो ठेगाना यस प्रकार रहेको छ । khabar24nepal2075@gmail.com

प्रतिक्रिया दिनुहोस