• २०८३ बैशाख १० गते बिहिवार

काठमाडौं उपत्यकाका १ हजार ३८ जना थप संक्रमित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, काठमाडौं । काठमाडौं उपत्यकाका थप १ हजार ३८ जनामा कारोना संक्रमण देखिएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगैं कुल संक्रमित संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या १२५९ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस