मंसिर ३, दाङ । दाङमा भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बगंलाचुली गाउँपालिका २, टाकुरे बस्ने ३९ वर्षीय टोपबहादुर घर्ती छन् ।
उनको साथबाट एकथान भरुवा बन्दुक बरामद भएको छ । टोपबहादुरले कालिज मार्ने क्रममा भरूवा बन्दुक पड्किँदा सोही ठाउँका ४१ वर्षीय भोजबहादुर घर्तीलाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय दाङ र इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उक्त हतियारसहित उनलाई पक्राउ गरेको हो ।