मंसिर ३, बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका –१ कुडीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका –१ कुँडी बस्ने रति लुहारका १० बर्षका छोरा रमेश लुहारको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुधबार बिहान ९ बजे खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिकाको बल्दे आउँदै गरेको सु.प.त ०१ ज १२००३ नम्वरको जिपको ठक्करबाट घाइते बालकलाई उपचारका लागि अछामको बयालपाटा अस्पतामा लगेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । जिप चालक दिलबहादुर रावतलाई प्रहरीले नियन्त्ररणमा लिइएर थप अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी वलेन्द्र नाथले बताउनुभयो ।