• २०८२ जेष्ठ ३० गते बिहिवार

कैलालीमा माछा मार्ने क्रममा खोलाले बगाएर बालिकाको मृत्य

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३, कैलाली । कैलालीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक बालिका को मृ’त्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा न ६ बसन्तामा माछा मार्ने क्रममा स्थानीय ईट्टाभट्टा खोलाले बगाएर १२ बर्षिया बालिका मृ’त्यु भएको छ ।

गएराती देखि आएको अविरल बर्षा कारण नदिमा पानीको बहाव बढिरहेका बेला स्थानीय खोजीराम चौधरी १२ बर्षिया छोरी उर्मिला चौधरीको बिहानै माछा मार्ने क्रममा मृ’त्यु भएको हो। बुवा र छोरीसंगै माछा मा’र्ने गएका बेला खोलाले बगाउँदा आफुले बचाउन नसकेको मृत’कका बुवा चौधरीले बताए। पानीले बगाएको करिब २ घण्टा पछि शव फेला परेको बताइएको छ। घटनाबारे ईलाका प्रहरी कार्यलय सुखडलाइ बुझ्दा प्रहरी टोली घटना स्थलतर्फ गएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस