• २०८३ भाद्र ३० गते मङ्गलवार

लकडाउनको अवज्ञा गर्नेहरु कार्वाहीमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, नुवाकोट । बिश्वव्यापी महामारीको रुपमा फैलिदै गरेको नोबेल कोरोना भाईरस९ कोभिड(१९० संक्रमणको बिरुद्द नेपाल सरकारद्वारा जारी भएको लकडाउन निषेद्याज्ञाको अबज्ञा गरी हिडेका १४० जनालाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनिहरुलाई केही समय नियन्त्रणमा लिई सम्झाई-बुझाई गरी पठाईएको नुवाकोट प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएकोमा पुरुष १०० र महिला ४० जना रहेका छन ।यस्तै लकडाउनको समयमा चलाईएको १० मोटरसाइकललाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिईएको नुवाकोट प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस