• २०८३ भाद्र ३१ गते बुधवार

आजको मौसम : देशभर आंशिक देखि सामान्य बदली

पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौं । आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरुमा साथै पश्विमका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको संभावना रहेको छ। यस्तै राती देशको पूर्वी भू-भागमा सामान्य बदली र मध्य तथा पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका र मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकोले देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली साथै पूर्वी र मध्य भू-भागमा आंशिक बदली रहेको छ ।

महाशाखाले देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा हुन सक्ने देखिएकोले सतर्कता अपनाउन हुन सबैलाई अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस