- विनोद दर्नाल, १ नं. प्रदेश ब्युरो
माघ ४, काठमाडौं । ‘भिजिट नेपाल २०२० प्रचार प्रसार मा यती बेला देश बिदेश मा रहेका नेपालीहरु दिनरात अहोरात खटिरहेका छन । यस्तै प्रचार प्रसार गर्दै होटल म्यानेज्मेन्ट को दुनियाँमा छोटो समयमा सबैको रोजाइमा पर्न सफल , सबैको रोजाइमा परेको धरान स्थित व्हाईट हाउस का बिद्यार्थी यतिबेला यही भिजिट नेपाल २०२० को प्रचार प्रसार को क्रममा चीनमा पुगेको छ ।

चिनको सानिया मा अध्यन गर्दै गरेका व्ह्वाईट हाउस धरान, धनकुटा तथा ईटहरिका बिधर्थिहरुले visit Nepal 2020 लेखेको व्यानर सहित सानियाको बिभिन्न भागमा गएर त्याहाका स्थानिय नागरिकलाई Visit Nepal 2020 अन्कित व्याच लगाईदिदै आफ्नो देशमा 2020 भ्रमण बर्ष रहेकोले सबैलाई आउन आग्रह गरेकाछन । चीनको सानिया विश्व पर्यटनको लागि प्रमुख गन्तव स्थलको रुपमा रहेको छ । सन 2018 मा मिस नेपाल शृङ्खला खतिवडा सहभागि Miss World 2018 यहि सानियामा सम्पन्न भएको थियो । विश्व पर्यटनको प्रमुख गन्तव्य स्थल रहेको यस स्थानमा नेपालको भ्रमण बर्षको बारेमा प्रचार गर्नु पाउदा आफुलाई एकदमै खुशि लागेको व्हाईट हाउसका बिधार्थि कुशल श्रेष्ठ बताएका छन।
आफुहरुले सानियाका नागरिकहरुलाई व्याच लगाइदिदै नेपाल आउन आग्रहगर्दा यहाँका नागरिक हरु खुशि हुदै नेपाल एउटा सुन्दर देश भएको र कति त आई सकेको र फेरि आउने प्रतिबद्दता जनाएको भनेर खुशि हुदै व्हाइट हाउसका बिधार्थीहरु अनुशा, आशा, अलिना, अनु, जानुका र दिक्षा ले जानकारी गराए । बिद्यार्थीइहरु के कसरि त्यहा अध्ययन गर्दैछन भन्ने बस्तु स्तिथि अवलोकन गर्न पुगेका यस कलेजका सि ई ओ अरुण प्रधान ले यहाँ आउदा आफ्ना बिधार्थीको बारेमा जानकारी पनि लिने अनि नेपालमा भ्रमण बर्ष भएको ले त्यसको पनि प्रचार गर्ने उदेश्य सहित भ्रमण बर्ष को सामाग्री लिदै आएको बताउनु भएको छ । आफुले पनि नेपालमा Visit Nepal 2020 भएको ले गर्दा भ्रमण बर्षमा नेपाल आउन भन्दै मायाको चिनो स्वारुप Visit Nepal 2020 लोगो अंकित नेपालको परम्परागत करुवा अन्ति , सानिया एभिएसन एन्ड टुरिज्म कलेज का प्रधानाध्यापक मिस्टर मा त्यसै गरि बि पि एक्स आई चाईना कि प्रबन्धक मिस हेलन र शिक्षिका द्वय मिस सुगर र मिस यु जिङ लाई प्रदान गर्नु भएको थियो ।
व्हाईट हाउस धरानका बिद्यार्थी हरु अध्ययनका लागि चीनमा पठाउने गरिएको छ । होटल म्यानेज्मेन्ट अध्यनको लागि चीन पुगेका बिद्यार्थीहरुले सुरु सुरुमा खानपिन नमिल्दा अलिकति अप्ठ्यारो पर्ने तर बिस्तारै बानी पर्दै जादा सबै राम्रो हुने र यहाँ भएका हामी सबै नै खुशि रहेको कुरा एक बिधार्थि नारायण प्रसाद घिमिरे ले बताएका छन । हामि कुनै पनि देशमा जादा हाम्रो देश नेपालको प्रचार गर्नु हाम्रो दायित्व हो र आफ्नो यो भ्रमण बर्ष लाई Visit Nepal 2020 को प्रचार गर्दै बिताएको मा हामि सबै गौरवान्वित भएको महशुस गरेको अनुभव सि इ यो अरुण कुमार प्रधान व्यक्त्त गर्नु भयो ।